लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको सिमाविवाद ओझेलमा पर्न दिदैनौः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ६ ।
पछिल्लो समय निकै विवाद सृजना भएको नेपाल भारत सिमा विवादलाई मुर्झिन नदिने सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रम ओलीले विवादिन क्षेत्र लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको र कुनैपनि हालतमा उक्त नेपालको भुमी फिर्ता गरेरै छोड्ने बताउनुर्भको हो ।

नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीको सिमाबिच कुनै विवाद छैन, त्यो हाम्रो भुमी हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, कुटनितिक वार्ताको माध्यबाट ठोस पहल गरिनेछ र यो भुमी फिर्ता ल्याउँछौ । नीति तय कार्यक्रममा संवोधन गरिएको नेपालको नयाँ नक्शाको विषयमा बोल्दै प्रम ओलीले भन्नुभयो, उक्त योजना र संवोधन कुनै चलाखीका हिसाबले तथाकथित राष्ट्रवाद देखाउनका लागि गरिएको हैन, कुनै तमासा र देखावटीका लागि गरिएकोपनि हैन । यो भुमी हाम्रो भुमी हो हामी जसरी पनि फिर्ता ल्याउँछौ ।

नेपालका मिचिएका सम्पुर्ण भुभाग समेटिएको नक्शा पारित भएको छ, प्रकाशित आजभोलीमै गछौँ । नेपालको भुमीमा कसैले गरेको हस्तक्षेप हाम्रा लागि असहय हुनेछ र त्यसका विरुद्धमा हामी जोडदार पहल गर्नेछौँ, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्