धनगढीमा एक महिला मृत फेला, हत्याको आरोप लगाउँदै माइतिपक्षले गरे छानबिनको माग

मृत फेला
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ७ ।
धनगढीमा मंगलबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्। धनगढी उपमहानगरपालिका जालीकी ४४ वर्षीया नरपता विष्ट खड्का ६ गते मृत अवस्थामा फेला परेपछि आफन्तले हत्या भएको आरोप लगाएका छन् ।

मृत अवस्थामा फेरा परेकी खड्काको हत्या भएको भएतापनि उक्त घटनालाई विष सेवनको संघ्या दिएर आत्महत्या बनाउन खोजेको भन्दै महिला मानव अधिकार रक्षक सञ्जालले विज्ञप्ति जारी गरी घटनाप्रति आपत्ति जनाउँदै आरोप लगाएको छ ।

महिला मानव अधिकार रक्षक सञ्जाललले जारी गरेको विज्ञप्तिमा नरपताको पृष्ठभूमि, घटना भएको दिन उनका माइती पक्षसंग भएको कुराकानी र घटनापछि मृतकका सौतेना छोरा, श्रीमान् र आफ्नै छोराबाट भएको घटना अध्ययन गर्दा उनको आत्महत्या नभई हत्या भएको शंका गर्न सकिने थुप्रै ठाउँहरु भएको उल्लेख गरिएको छ ।

घटनाको विषयमा गरिएको अनुसन्धानबाट मृतक नरपताका सौतेना छोरा एकेन्द्र खड्का र नरेश खड्काले विगतदेखि नै सम्पत्तीको विषयलाई लिएर खड्कामाथि कुटपिट, गालीगलौज र दुव्र्यवहारका साथै घरनिकाला समेत गर्ने गरेको आरोप लागेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीले भने नरपताको विष सेवनबाटै मृत्यु भएको जनाएको छ। घटनको विषयमा थप छानबिन र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताउनुभएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्