गर्मीमा भन्सारमै अलपत्र सुदूरपश्चिमेली नागरिकलाई धनगढीका व्यवसायी कुँवरद्धारा राहत वितरण

सहयोग
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ०८ ।
कोरोना भाइरसका कारण भारतका विभिन्न सहरबाट स्वदेश फर्किदै गर्दा कैलालीको त्रिनगर भन्सारमा अलपत्र परेका सुदूरपश्चिमेली नागरिकलाई धनगढीका व्यवसायी तथा कैलाली उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प राज कुँवरले पानी तथा चाउचाउ वितरण गर्नुभएको छ । सिमामा अलपत्र झण्डै ६ सय नेपालीहरुलाई व्यवसायी कुँवरले सहयोग स्वरुप चाउचाउ र पानी वितरण गर्नुभएको हो ।

कोरोना माहामारीलाई मध्यनजर गदैए नेपाल र भारत दुवै सरकारले सिमानाका बन्द गरेपछि रोजगारीका लागि भारतमा पुगेका सुदूरपश्चिमेली नागरीक भारतले पास दिएर रेल सेवा सुरु गरेलगत्तै भन्सार नाकामा पुगेका थिए । नेपाल सरकारको तत्कालै रणनीति र पहल शुन्य रहेका बेला सिमामै अलपत्र परेका उनिहरुलाई कुँवरले राहत स्वरुप २० पेटी चाउचाउ, २० पेटि पानि र २० पेटि जुस सिमामै गएर वितरण गर्नुभएको हो ।

लकडाउनका कारण रोजगारीका लागी छिमेकी मुलुक भारतमा रहेका नेपालीहरु प्रभावित बनेका छन् । प्रभावित नागरीकहरु अहिले स्वदेश फर्कन सरकारको पहल तथा आदेशको पर्खाईमा छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्