संक्रमितको सम्पर्कमा आएका व्यक्ति सहित एक सय ३६ को स्वाब संकलन, १८ जनाको आरडिटी परीक्षण नेगेटिभ

कोरोना भाइरस
Ad
  • कालोपाटी सम्बाददाता

डडेल्धुरा, जेठ ११ । (दिपकराज भट्ट)
डडेल्धुराका कोरोना संक्रमित युवकको सम्पर्कमा आएका ३६ जनासहित एक सय ३६ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । डडेल्धुरा जिल्लामा पहिलो पटक शुक्रबार सरकारी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमित युवकसंग सम्र्पक आएका ३६ जनाको स्वाब संकलन गरिएको हो ।

डडेल्धुराको परशुराम नगरपालिका १० का २८ वर्षीय ती युवकमा शुक्रबार कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका १५ जना परिवारका सदस्य, पाँच जना पत्रकार, १० जना स्वास्थ्यकर्मी र होटल सञ्चालकसहित ६ जनाको शनिबार थ्रोट स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोलर सुपरभाइजर तथा कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिएका छन् ।

शनिबार नै संक्रमित कर्मचारी कार्यरत कार्यालयका अन्य कर्मचारीसहित १८ जनाको आरडिटी परीक्षण गरिएको छ । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति भट्टले बताए । शनिबार संकलन गरिएको स्वाब परीक्षणका लागि आइतबार धनगढी प्रयोगशाला कैलाली पठाइएको जानकारी दिए । कोरोना देखिएका ती युवक डडेल्धुरास्थित एक सरकारी कार्यरत कर्मचारी रहेको र उनी विभिन्न योजनाका काममा सक्रिय देखिएकोले कोरोना परीक्षणको दायरा अझ बढाउनुपर्ने यहाँका स्थानीयहरूको भनाइ छ ।

कोरोना संक्रमित व्यक्ति डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा उपचारत छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । चार चिकित्सकसहित ७ जना क्वारेन्टाइनमा,
डडेल्धुरा अस्पतालमा उपचार गराउन आएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका चार चिकित्सकसहित ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती युवकलाई स्क्रव टाइफसको उपचार गरि घर फर्केका थिए । युवको स्वाब सकंलन परिक्षण पछि कोरोना पोजिटिभ देखिएको थियो । स्वाब संकलनमा खटिएका चिकित्सक र अन्य स्टाफहरूलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए । डडेल्धुरा अस्पतालमा जेठ ६ गते उपचार गराउन आएका युवकामा स्क्रब टाइफस देखिएको अस्पालले जनाएको छ। स्वाब सकंलन पश्चात युवकलाई घरमै आराम गर्न सुझाउँदै अस्पतालले स्क्रब टाइफसको उपचार गरि घर पठाइएको थियो ।

‘ती युवकमा ज्वरो आएको थियो। हामीले त्यही बेला स्वाब संकलन गरेका थियौं। त्यो बेला उनमा स्क्रब टाइफस पोजेटिभ देखाएको थियो । कोरोनाको संक्रमण पुष्टि भएको छ।’ निमित्त सुपरिटेन्डेन्ट विष्टले भने ‘त्यसैले उहाँको उपचारमा संलग्न चिकित्सक र अन्य स्टाफहरूलाई अस्पातलकै क्वाटरमा बसिरहनुभएको छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्