कैलालीमा मापदण्ड विपरित नदिजन्य वस्तुको उत्खनन्, आसपासका क्षेत्रको पनि विनास हुँदै

मापदण्ड विपरित उत्खनन्
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ १४ ।
लकडाउनका बिच कैलालीमा मापदण्ड विपरित भएर नदिजन्य वस्तुको उत्खनन् गरिएको छ । कैलालीको गोदावरी नगरपालिकामा रहेका गोदावरी नदिमा लकडाउनको समयमा भएको नदिजन्य वस्तुको उत्खनन् कार्य पुर्णतया मापदण्ड विपरित भएको पाईएको हो ।

निर्माणकार्यका लागि चाहिने बालुवा, ढुंगाको उत्खनन्का लागि गोदावारी नगरपालिकामा पर्ने उक्त नदीमा पुगेको जेसिबि, स्काईभेटर, टिप्पर तथा ट्रयाक्टरहरुले मापदढड विपरित रहेर उत्खनन् गरेका छन् । उत्खनन्कै क्रममा नदि आसपासका क्षेत्र पनि मासिदै गएका छन् भने बालुवा तथा ढुंगा उत्खनन्का लागि ६ देखि ७ फिटसम्म खनेको भेटिएको छ ।

व्यक्तिगत स्वार्थ तथा आर्थिक चलखेलका लागि ठेकेदार तथा विभिन्न निकायहरुको मिलेमतोमा उक्त किसिमको गतिविधि भएको स्रोतले बताएको छ । धमाधम भईरहेको मापदण्ड विपरितको उत्खनन्को विषयमा नियमन र निरिक्षण गर्ने निकाय भने मौन रहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्