नेप्से ०.६६ अंकले घट्दा १८ अर्ब २० करोडमाथिको कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से सामान्य अंकले घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ०.६६ अंकले घटेर ३१५९.४२ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर खरिद बिक्री हुँदा १८ अर्ब २० करोडमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ८६ करोड ३८ लाखबढीको सेयर कारोबार भएको छ । आज ६ समूहबाहेकका सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्