मंगलबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सेयर कारोबार रकममा गिरावट आएको छ । सोमबारको तुलनामा मंगलबार कबिर ४ अर्ब रुपैयाँले सेयर कारोबार रकम घटेको छ । एकैदिन २१ अर्ब रुपैयाँसम्मको सेयर कारोबार भएको बजारमा बुधबार जम्मा ५ अर्ब रुपैयाँको मात्रै सेयर कारोबार भएको छ ।

यस अघि सोमबार अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपैयाँको सेयर कारोबार भएको थियो । दिनभर भएका ५९ हजार ८ सय ५४ कारोबारबाट १ करोड ६ लाख ३९ हजार ८ सय २६ कित्ता सेयर किनबेच भएका छन् । जसबाट ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकमसँगै सेयर कारोबार मापक नेप्से परिसूचकमा पनि गिराट आएको छ ।

साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको शेयर बजार सोमबार ३ अंकले मात्रै सुधार भएको थियो । मंगलबार भने दोहोरो अंकले घटेको छ ।

१८।५४ अंकले घटेर नेप्से परिसूचक २ हजार ९ सय २९.२८ अंकमा झरेको छ । ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३।२१ अंकले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्