काठमाडौंमा राजावादी समूहको प्रदर्सन

Ad
  • कालोपाटी सम्बाददाता

राजावादी समूहले २०४७ सालकै संविधान लागू गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्सन गरेका छन् ।

राजसंस्था र हिन्दुराष्ट्र २०४७ सालकै संविधान व्युताउनुपर्ने भन्दै उनीहरुले आइतबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले मुलुकको संविधानको प्रति जलाएका थिए ।

माइतीघरबाट सुरु भएको राजावादी समूहको ¥याली संविधान विरोधी नाराबाजीका साथ वानेश्वर पुगेको थियो । उनीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेर रोकेको थियो । प्रदर्शनमा सहभागीहरुले २०४७ सालकै संविधान लागू गर्नुपर्ने माग गर्दै नारावाजी गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्