‘प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दियो’: भट्टराई

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताएका छन् । ललितपुरको गोदावरीमा यही असोज १५ देखि १७ गतेसम्म भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि मंगलबार आयोजित चियापान कार्यक्रममा सचिव भट्टराईले यस्तो बताएका हुन् ।

महाधिवेशनको समापनका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भई पार्टीलाई सक्रिय बनाउन गरेको घोषणा सकारात्मक भएको उनको भनाई छ। सचिव भट्टराईले महाधिवेशनको सन्देशलाई जिल्ला र स्थानीय तहसम्म पुर्‍याउन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्