प्रतिनिधि सभाको बैठक : राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश

Ad
  • कालोपाटी सम्बाददाता

प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध कायम गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने वित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् । सो क्रममा उनीहरुले एमालेले कारवाही गरेका सांसदहरुलाई सदनमा प्रवेश गराएको भन्दै नारावाजी गरेका थिए । त्यस्तै एमालेका सांसदहरुले पदीय दायित्व कायम गर , कालोधन चाहिदैन, देश लुट्न पाइदैन लगाएतका नारा लगाएका थिए । बिरोधपछि सभामुख अग्नि सापकोटाले सहज रुपमा सभा सञ्चालन गर्नका लागि सहयोग गर्न अनुरोध गरेका थिए  । उनले जनप्रतिनिधिको सर्वोच्च निकाय संसद एवं संसद सदस्यले स्वीकृत बिधि, पद्धती पालना गर्नु कुरामा अझै बढि संवेदनशिल एवं प्रतिवद्ध हुन आवश्यक रहेको बताएका थिए ।

एमालेका सांसदहरुको बिरोधकाबीच बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठकमा असोज २२ गते शुक्रबार १ बजे बोलाइएको छ ।

माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले निरन्तर रुपमा प्रतिनिधिसभा बैठकमा बिरोध गरिरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्