काठमाडौं र भैरहवाबीचको खेल रद्द

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबीच आजका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय भएको उक्त खेल मैदानको आउटफिल्ड भिजेका कारण खेल्न योग्य नभएपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।

यससँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किङ्स–११ प्ले अफमा प्रवेश गरेको छ । काठमाडौँ चौथो स्थानमा रहँदै प्ले अफमा पुगेको हो । काठमाडौंले ५ खेलमा ३ अंक जोड्यो । ललितपुर प्याट्रियट्सले समान ३ अंक जोडे पनि काठमाडौं नेट रन रेटका आधारमा प्ले अफमा पुगेको हो ।

लिगमा आठ अंक जोडेको चितवन टाइगर्स पहिलो स्थानमा छ भने सात अंक जोडेको पोखरा दोस्रो स्थानमा छ । त्यस्तै समान सात अंक नै जोडेको भैरहवा नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ । साबिक विजेता ललितपुरसँगै दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिएका छन् । भोलि बिहान ९ः१५ बजे चितवन टाइगर्स र पोखराबीच पहिलो क्वालिफायर खेल हुनेछ । त्यस्तै काठमाडौंले भैरहवासँग इलिमिनेटर खेल खेल्नेछ । उक्त खेल भोलि दिउँसो १ः३० बजे हुनेछ । प्रतियोगिताको विजेता टोलीले ५० लाख तथा उपविजेताले १५ लाख पाउनेछ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्