आजको मौसम (२०७८ आश्विन २५ गते ,सोमबार)

Ad
  • कालोपाटी सम्बाददाता

हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

२०७८ आश्विन २५ गते (सोमबार)

दिउँसो: देशको पहाडी भू-भाममा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा सामान्यतया सफा रही पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा सामान्यतया सफा रही  एक वा दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ आश्विन  गते (मंगलबार)

दिउँसो: देशभर सामान्यतया सफा देखि आंशिक बदली रही  गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया सफा देखि आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

२०७८ आश्विन  गते (बुधबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्