कालिकोटको पहिरोमा ज्यान गुमाएका सुरेन्द्र धमलाको परिवारलाई दुई लाख राहत वितरण

Ad
  • कालोपाटी सम्बाददाता

कालिकोट । कालिकोटमा वर्षाका कारणले पहिरामा परी ज्यान गुमाएका सुरेन्द्र धमलामको परिवारलाई दुई लाख राहत वितरण गरिएको छ । असोज ५ गते परेको अविरल वर्षाका कारण पहिररो सहित रुख आएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको हो ।

रास्कोट नगरपालिका(४ मा पर्ने लडेखोलामा वर्षाले ढालेको रुखले लागेर २३ वर्षीय सुरेन्द्र धमलाले ज्यान गुमाएका थिए । मृत्यु भएका धमालाको घर सान्नी त्रिवेणी गाउँपालिका ७ हो । जिल्ला विपत् व्यवस्थापन समितिले मृतक सुरेन्द्रका बुबा अमनाथलाई रु दुई लाख रकम हस्तान्तरण गरेको हो ।

 

जिल्ला विपत् व्यवस्थापन समितिले राहत रकम उपलब्ध गराउने निणर्य सङ्घीय सरकारको मापदण्डअनुसार रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘अन्य स्थानका बाढीपहिरो पीडितलाई पनि चाँडै राहत उपलब्ध गराइनेछ’, र ‘पीडितलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढएको साथै अन्य स्थानका बाढीपहिरो पीडितलाई पनि चाँडै राहत उपलब्ध गराइनेछ भनेर अधिकारिले बताए
गत असोज ५ गते बिहान स्युना गाउँ पहिरो बाट घाइते भएका सुरेन्द्रको रास्कोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्