राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्री बन्दै

Ad
  • कालोपाटी सम्बाददाता

हेटौंडा । राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् । पाण्डेले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैछन् ।

पाण्डेले हिजो नै कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनको पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम आज दिउँसो सवा तीन बजे रहेको छ ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक निमा लामाको अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेताहरुले मन्त्रालय सम्हाल्ने तयारी भएको जानकारि दिनु भयो ।
कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने छन् लामाले बताए । उनीहरुले कुन कुन मन्त्रालय सम्हाल्ने भन्ने टुङ्गो  अझै लागेको छैन । तत्काल तीन मन्त्रीसहित मुख्यमन्त्री पाण्डे सरकारमा जाने र तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्