मन्त्री बडू र स्विस राजदूत डिप्रेजबीच भेटवार्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।   कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि स्विस राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । गत सोमबार मन्त्रालयमा भएको वार्तामा मन्त्री बडूले नेपाल र स्विजरल्यान्डबीच प्रगाढ मित्रताको सम्बन्ध सदैव रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले स्विजरल्यान्ड सरकारले लामो समयदेखि नेपालमा पूर्वाधार विकासका अतिरिक्त सामाजिक, आर्थिक, न्यायिक तथा सुशासनका क्षेत्रमा सहयोग, सहकार्य र समन्वय गर्दै आएको चर्चा गर्नुभयो । वर्तमान सरकारको न्यूनतम् साझा कार्यक्रममा उल्लेख भएअनुरूप सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी कार्यहरु छिटै अघि बढाइने पनि मन्त्री बडूले जानकारी दिनुभयो ।

राजदूत डिप्रेजले नेपालको सामाजिक, आर्थिक र न्यायिक विकास एवं सुशासन प्रवद्र्धनमा स्विजरल्यान्ड सरकारको सदैव सहयोग रहने बताउनुभयो । उहाँले आगामी दिन दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन आफ्नो सकारात्मक भूमिका रहने विश्वास दिलाउनुभएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्