तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त भएका छन् । दश स्थानीय तहमध्ये ऋषिङ , घिरिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

दोस्रो लहरमा फैलिएको कोरोना सङ्क्रमण घट्दै गएपछि जिल्लाका पाँच स्थानीय तह कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए । कोरोनामुक्त भएका स्थानीय तहमा कोरोना परीक्षण पनि न्यून छ ।

दोस्रो लहरको कोरोना सुरु भएपछि घिरिङका १३४, ऋषिङका ९१, देवघाटका ९०, बन्दीपुरका २६८ र आँबुखैरेनी गाउँपालिकाका १११ सङ्क्रमित निको भएका छन् । जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ छ । व्यास १६, शुक्लागण्डकीमा १४, भानुमा दुई र भिमाद नगरपालिकामा तीन तथा म्याग्दे गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो समय पाँच हजार ३६६ जनालाई सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये पाँच हजार २०४ जना निको भएका छन् । पीसीआर परीक्षणका लागि छ हजार ८८६ र एन्टिजेन परीक्षणका लागि आठ हजार २५४ नमूना सङ्कलन गरिएको थियो । दोस्रो लहरमा जिल्लाका १२४ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्