प्रधानमन्त्री देउवा चितवनमा

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका छन् । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आएका हो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा केहीबेरअघि मात्र हेलिकोप्टरबाट यहाँ पुगेका हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार देउवा दिउँसो १२ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा अवतरण भएको हो । महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि आजै उहाँ फर्किनेछन् छ । महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधि यहाँ आएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीबाट भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशबाट त्यहाँका राजनीतिक दलहरुले शुभकामना सन्देश पठाएको नेकपा एमालेले जनाएको छ ।  –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्