नेपालमा राजनीतिक दलहरु संस्थागत हुन नसकेका कारण जनतामा निराशा छाएको: नेता सिंह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा राजनीतिक दलहरु संस्थागत हुन नसकेका कारण जनतामा निराशा छाएको बताभएका छन् ।

मंगलबार काठमाडौंमा लोकश ढकालको ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक विमोचन गर्दै सिंहले दलहरु संस्थागत भए भने नेपाली राजनीति र समाजका धेरै समस्याहरू आफैँ समाधान हुने बताए । उनले ४६ सालपछि कांग्रेस सत्ता र शक्तिको लालचमा परेर बिग्रिएको टिप्पणी गरे ।

राजनीतिक नेतृत्वले आफ्नो कमजोरीको पहिचान गरेर त्यसलाई सुधार्ने क्षमता राख्नुपर्ने उनको भनाई छ । ठूलो संघर्षबाट प्राप्त भएको मुलुकको डेमोक्रेटिक सिस्टमलाई बचाउनका लागि भएपनि अहिले कांग्रेसलाई प्रभावकारी नेतृत्व दिनुपर्ने र कांग्रेसलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे ।

नेता सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाइ आफु अनुकुलको बनाउन खोज्दा बिभिन्न आन्दोलनबाट प्राप्त परिवर्तन गुम्ने खतरा पैदा हुने जिकिर गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्