कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा पुन

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा अमरसिंह पुन निर्वाचितभएका छन् ।

आइतबार सम्पन्न निर्वाचनबाट उनले ८६७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी भरतकुमार शाहले ७६७ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा बुद्धबहादुर थापाले जानकारी दिए । उनका अनुसार निर्वाचमा एकहजार ६३१ मत खसेको थियो । नवनिर्वाचित पुन रोल्पाका काग्रेस नेता छन् भने शाह प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिका सभापति छन् ।

यसैगरी उपसभापतिद्वयमा राजु खनाल र भुवनप्रसाद श्रेष्ठ, महामन्त्रीद्वयमा विक्रम खनाल र सुरेन्द्र आचार्य, सहमहामन्त्री त्रयमा विष्णु मुस्कान, खगराज पाण्डे र निमा गिरी विजयी भएको छन् –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्