शाहीको नेतृत्वको टिम पहिलो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साउथ एशियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा नेपाली विद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम पहिलो भएको छ । उक्त समिटमा दक्षिण एशियाका भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीले भाग लिएका थिए ।

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा बिबीएस पाँचौँ सेमेस्टरमा अध्ययनरत शाहीको टिमले तीन हजार अमेरिकी डलर पुरस्कारसमेत जितेको छ । आठ महिना लामो टेक्सटाइल इन्डष्ट्रिजको अनुसन्धान गरेर समिटमा पेश गरेको रिसर्चले अवार्ड जितेको शाहीले जानकारी दिए ।

सन् २०१९ बाट सुरु भएको उक्त समिट यसपटक श्रीलङ्कामा आयोजना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट भएको थियो । प्रतियोगितामा आठ टिमको प्रतिनिधित्व थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्