खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

मकवानपुर । कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ का ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त विडारीका अनुसार चार दिन अघि ति महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोना विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्