वाग्मतीको उपसभापतिमा बस्नेत र महर्जन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कागेंस १४ महाधिवेशनअन्तर्गत गत शनिबार सम्पन्न भएको वाग्मती प्रदेशको निर्वाचमा उपसभापतिद्वयमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् ।बस्नेत र महर्जनले क्रमशः एक हजार ५९ र एक हजार ३७ मत ल्याउनुभयो । उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतमले १००४ र राजेन्द्रप्रसाद बुर्लाकोटीले ८३९ प्राप्त गरे ।

महामन्त्रीमा कञ्चनचन्द्र बादेले ९९५ र राजु श्रेष्ठले ९१० मत ल्याएर विजयी भए । सो पदका लागि छ जनाको उम्मेदवारी परेकामा माइकल रामचन्द्र अर्यालले ८९९, तिलकप्रसाद रुवारीले ७६०, गौरीप्रसाद दवाडीले १८८ र सुरेश श्रेष्ठ ले १६३ मत पाए थिए । महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल ९४९ मत ल्याएर विजयी । सो पदका लागि निर्मला बस्ताकोटी, निरु खड्का, मोतिमाया तामाङ प्रतिस्पर्धी थिए । खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भए । सभापतिमा भने इन्द्रबहादुर बानियाँ विजयी भएका थिए र अघि नै घोषणा भइसकेको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्