वीरगञ्जको सात व्यावसायिक फर्मलाई कारबाही

Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज । खरीद गरेको बिल नदेखाउने पर्साको वीरगञ्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले आज कारबाहीसहित जरिवाना गरेको छ । उपमहानगरपालिकाअन्तर्गत बजारका विभिन्न क्षेत्रमा रहेका सात व्यावसायिक फर्मलाई खरिद बिल देखाउनमा असमर्थ भएपछि रु पाँच हजारदेखि रु १० हजारसम्म जरिवाना गरिएको सो कार्यालयका सूचना अधिकारी दिलीप खङ्गले जानकारी दिए ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार यसरी कारबाहीमा परेका वीरगञ्जका व्यासायिक फर्ममा बालाजी डिपार्टमेन्टल स्टोर, न्यू गेजेटस् जोन, रुचि सपिङ सेन्टर, कादमिया स्टोर, नेपाल म्युजिक सेन्टर, न्यू मेलोडी र राइट च्वाइस स्टोरलाई जरिवानासहित सचेत गराइएको बताइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कादमिया स्टोरलाई रु पाँच हजार र अन्य सम्पूर्ण व्यावसायिक फर्मलाई जनही रु १० जरिवाना गरिएको हो ।

सो कार्यालयसहित जिल्ला प्रशासन कार्यालय पर्सा, प्रहरी र उपभोक्ता हितसम्बन्धी संस्थाका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको अवस्थामा ती फर्महरुले खरिद बिल नदेखाएको कारबाही गरिएको सूचना अधिकारी खङ्गले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्