‘अब पुँजीगत खर्च रफ्तारमा हुन्छ ‘ : अर्थमन्त्री शर्मा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अब पुँजीगत खर्च रफ्तारमा हुने बताएका छन ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री शर्माले नीतिगत प्रक्रियाहरु, प्रतिस्थापन विधेयक पारित लगायतले केही ढिलाइ भएको भन्दै अव पुँजीगत खर्च रफ्तारमा हुने बताए । सरकारले राजश्व प्रणाली, खर्च प्रणाली लगायतमा सुधार गर्ने उनले जानकारी दिए ।

मन्त्री शर्माले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउन प्रोत्साहन गर्ने, उत्पादन मुलुक २० वटा क्षेत्र छनौट गरि त्यसमा लगानी बढाउने जानकारी पनि दिए । मन्त्री शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताए । बेमौसमी वर्षाका कारण खर्बौंको क्षति भएको भन्दै उनले यी चुनौतीका बावजुद आर्थिक वृद्धिदरको लक्ष्य भेटिने दावी गरे । अहिले बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या पनि छिटै समाधान हुने विश्वास उनको छ ।

बैठकमा उहाले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४ सय मिलियन र विश्व बैंकबाट ३ सय मिलियन अमेरिकी डलर ऋण लिने तयारी भइरहको जानकारी दिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्