‘सङ्घीय संसद्को अधिवेशनमा एमालेले अवरोधका कार्यक्रमलाई निरन्तरता दिने’ : उपमहासचिव ज्ञवाली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मङ्सिर २८ गतेदेखि हुने सङ्घीय संसद्को अधिवेशनमा एमालेले अवरोधका कार्यक्रमलाई निरन्तरता दिने स्पष्ट पारेका छन् ।

प्रेस चौतारी नेपालले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले पार्टीले कारबाहीको सिफारिस गरेका सांसदहरुलाई कायम राखेर सदन चल्न नसक्ने स्पष्ट पारे । उनले वर्तमान सरकारले राज्यका तीनवटै निकायलाई ठप्प गर्ने र असफल पार्ने प्रपञ्च रचेको धारणा राखे । उहाले गठबन्धन सरकारका कारण नै लामो समयदेखि न्यायलयलाई ठप्प पार्ने काम भएको आरोप लगाए । त्यस्तै उनले मुलुकमा राजनीतिक निकासका लागि ताजा जनादेश नै विकल्प भएको एमालेको ठहर भएको बताए ।

त्यस्तै उनले चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिका क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताए । ज्ञवालीले महाधिवेशनको उद्घाटनसत्रमा नारायणी तीरमा देखिएको ठूलो जनसहभागिता र बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनुले पार्टी थप शक्तिशाली देखिएको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्