नयाँ वानेश्वरमा आगलागी हुँदा करिव दुई करोड बराबरको क्षति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौंको नयाँ वानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्सको माथिल्लो तल्लामा आगलागी हुँदा करिव दुई करोड बराबरको क्षति भएको छ ।

सोमबार दिउँसो लागेको आगो नेपाली सेना, काठमाडौं महानगरपालिका, ललितपुर महानगर लगाएतका दमकलले नियन्त्रणमा लिएको थियो । इन्द्रेणी कम्प्लेक्सको माथिल्लो तल्लामा रहेको जीम सेन्टरबाट आगलागी सुरु भएको थियो । करिब एक घन्टापछि आगलागी नियन्त्रणमा आएका प्रहरीले जनाएको छ । महानगरी प्रहरी वृत्त तीनकुनेका डिएसपी मिम बहादुर लामाले कम्प्लेक्समा रहेको जिमहलका सामान जलेर ध्यस्त भएको बताए । उनले इन्भटर सट भएर आगो लागेको अनुमान गरिएको जानकारी दिए ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनाका थप अनुसन्धाई भइरहेको प्रहरीकोे भनाई छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्