विमला बोगटीको न्यायको माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विमला बोगटीको न्यायको माग गरेको छ ।

सोमवार काठमाडौंमा आयोजित विद्यालय व्यवस्थापन, प्रशासनको विद्यार्थी हिंसा, उत्पीडनबिरुद्ध कार्यक्रम गर्दै विमला बोगटीको न्यायको माग गरेको हो । पुस ५ गते आखलढुंगा जिल्लाको चम्पादेवीमा गाउँपालिकास्थित बालज्योती मध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा बोगटीले आफूलाई विद्यालय प्रवेश गर्न नदिएपछि विष सेवन गरी आत्महत्या गर्नुभएको थियो । कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले गाउँबस्तीका विद्यार्थीहरुले पनि निर्वाध रुपमा पढ्न पाउनु पर्ने बताउनु भयो । उहाँले विद्यार्थीले पढ्न पाउने अधिकारमा नेपाल सरकार समेत गम्भीर नबनेको आरोप लगाउनु भयो ।

अध्यक्ष गजुरेलले शिक्षा र स्वास्थ्य राज्यबाट निःशुल्क र सर्वसुलभ हुनुपर्ने मागसमेत गरे ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्