भाषा, संस्कृति देशका मौलिक सम्पत्ति – प्रदेश प्रमुख गुरुङ

Ad
  • कालोपाटी सम्बाददाता

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जातजातिका भाषा, संस्कृति देशका मौलिक सम्पत्ति भएको बताउनुभएको छ । प्रदेश प्रमुख गुरुङले यिनीहरूको जगेर्ना राज्यको दायित्व भएको बताए ।

तमु ल्होसार २०७८ का अवसरमा गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपाल बहुजातीय बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताए । देशमा समावेशी लोकतान्त्रिक संविधान बनेको बताउँदै उहाँले ल्होसार पर्र्वले राष्ट्रमा सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरणा मिल्ने बताए । नेपालका विभिन्न जातजाति, भाषाभाषी बीचको विविधता देशका लागि मात्र नभइ समग्र विश्वका लागि पूँजी भएको उनको भनाइ थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयदेखिको एकात्मक व्यवस्थाले राष्ट्रियताको सङ्कूचित परिभाषा गरेको बताउँदै २०६२-६३ को जनआन्दोलन पश्चात् सबै जाताजाति, भाषभाषी एवं संस्कृतिबीचको एकतालाई राष्ट्रियताका रुपमा लिइएको धारणा राखे । नेपाली विविधताबीच सबैले सामूहिक समर्पणको भावना सिर्जना गर्नुपर्ने बताउँदै उनले ल्होसार पर्वले सबैलाई एकतावद्ध हुन प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सबै जातजाति, भाषभाषी र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए । प्रदेश प्रमुख सचिव हरिप्रसाद बाँस्तोलाले ल्होसार पर्वले सबैमा सुख शान्ति र समृद्धि ल्याउने कामना गरे ।
तमु धी नेपालका अध्यक्ष हुमबहादुर तमुले तमु समुदायको नयाँ वर्षका रुपमा ल्होसार मनाइने बताउँदै गाई वर्गको बिदाई र बाघ वर्गको आगमनका रुपमा यस वर्ष ल्होसार मनाउन लागिएको जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्