उक्लियो हिमालयन शेर्पा सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को साँघुरो जित निकाल्दै स्थान सुधार गरेको हो । ४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त बन्यो । यो जितपछि हिमालयन शेर्पा नवौ स्थानबाट पाँचौ स्थानमा उक्लिन सफल भएको हो । सातादोबाटोका मार्टिन एलडेल्फी सिलोले त्रिदेव गुरुङलाई लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो ।

यससँगै सात खेल खेलेका हिमालयन शेर्पाको ११ अंक भएको छ । यसअघि १० औं मिनेटमा मिडफिल्डर सुरेश कुमालको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले सहजै नियन्त्रणमा लिएका थिए । २६औं मिनेटमा सातदोबाटोका मानबहादुर तामाङको प्रहार हिमालयका मुतम्बा पिस्टोनले हेडरमार्फत क्लियर गरे । ३७ औं मिनेटमा मानबहादुरको सट हिमालयका गोलकिपर दिप कार्कीले विफल पार्दा सातदोबाटो अग्रता लिनबाट चुकेको थियो । सातदोबाटोको भने सामान खेलमा आठ अंक छ ।

इन्जुरी समयको अन्तिम मिनेटमा सातदोबाटोले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन । सातदोबाटोका मार्टिनको प्रहार हिमालयनका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरे । मार्टिनलाई हिमालयनका अमित श्रेष्ठले लडाएपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो ।

यससँगै जारी लिगमा सातौं चरणका खेल पनि सकिएका छन् । सातौं चरणको खेल पश्चात मच्छिन्द्र क्लबले शीर्षता कायम गर्दा मनाङ मस्र्याङ्दी एक अंकले पछि रहँदै दोस्रो स्थानमा छ । संकटा १३ अंकका साथ तालिको तेस्रो स्थानमा अटाउँदा आर्मी ११ अंकका साथ चौथो स्थानमा छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्