बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले गर्यो भारतीय हस्तक्षेपका विरुद्द प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । भारतले लुपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी राखेको भन्दै बिप्लव नेकपा निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तराखण्डस्थित हलद्वानीको एउटा सार्वजनिक कार्यक्रममा, ‘मानसरोवरसम्म जाने सडक पुयाउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भई रहेको’ भनेर दिएको सार्वजनिक अभिव्यक्ति र भारतीय हस्तक्षेप बिरुद्ध अखिल क्रान्तिकारीले प्रदर्शन गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पु¥याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी रहेको अभिव्यक्ति दिएका थिए । उनीहरुले भारतीय हस्तक्षेपको बिरोध गर्दै नारावाजी गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्