काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको छ ।
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताईरीले बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाएका हुन् । अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले तयारी सुरु गरेको हो । फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले नेपाल अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि तयार रहेको बताए । अब्दुल्लाहले आफ्नो लक्ष्य एशियन कप छनोट रहेको र मोरिससविरुद्धको खेलको नतिजाले कुनै फरक नपार्ने पनि बताए । मोरिसससँग हारेपछि आफुले बलियो टिम बनाउन लागेको र लक्ष्य एशियन कप छनोट र अर्को विश्वकप छनोट रहेको उनको भनाइ छ ।
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । मैत्रीपूर्ण खेल जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ । नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । साफ च्याम्पियनसिपको तयारीमा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।