वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्ब ५ अर्बभन्दा बढी राजश्व संकलन

Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष ६ महिनामा कुल १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन भएको छ । । भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकेको थियो । तर देशकै मुख्य नाका मध्येको वीरगञ्ज भन्सारले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।

वीरगञ्ज भन्सारले गत आव ०७७ र ७८ को पुससम्ममा ७३ अर्ब ५५ करोड रुपैयाँ योगदान दिएको थियो । प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार पुस महिनामा १७ अर्ब ६० करोड ९० लाख ८ हजार राजश्व संकलनको लक्ष्य प्राप्त भएको थियो । कार्यालयले लक्ष्यको ९७ । ७ प्रतिशत अर्थात १७ अर्ब २० करोड ९१ लाख ३४ हजार रुपैयाँ संकलन गरेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्