मकर मेला स्थगित गरे पनि सुरक्षाका मापदण्ड अपनाई पूजाआजा गर्न भक्तजन मेलामा

Ad
  • कालोपाटी सम्बाददाता

काभ्रे  । प्रत्येक १२ वर्षमा काभ्रेको पनौतीस्थित त्रिवेणीघाटमा लाग्ने मकर मेला कोरोनाका कारण स्थगीत भएपनि पूजाआजाका लागि भने भक्तजन पुग्ने गरेका छन् ।

मकर मेला स्थगित गरे पनि सुरक्षाका मापदण्ड अपनाई पूजाआजा र स्नान गर्न पुग्ने भक्तजनको संख्या न्युन छ । सूर्य धनु राशिलाई छोडेर मकर राशिमा प्रवेश गरेको पहिलो दिन (माघ १) देखि एक महिनासम्म १२ वर्षमा एक पटक मेला लाग्ने भएकोले यसलाई मकर मेला भनिएको हो ।

यसअघि मकर मेलाको अवसरमा पनौतीस्थित त्रिवेणीघाटमा स्नानका लागि देश तथा विदेशबाट भक्तजनको घुइँचो लाग्ने गरेको थियो ।

किंवदन्तीअनुसार राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरूपमा बहिरहेको मान्यता छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्