प्रस्तावित व्यक्तिहरुको सुनुवाई सम्बन्धि विवरण पुस्तिका तयार पार्न संसदीय सुनुवाई समितिको निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । संसदीय सुनुवाई समितिले संसदीय सुनुवाईसम्बन्धि पुस्तिका नै प्रकाशित गर्ने भएको छ ।

समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाईसम्बन्धि व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई सम्बन्धि विवरण पुस्तिका तयार पार्न मातहतको सचिवालयलाई निर्देशन दिएको हो । समितिको काम प्रभावकारी बनाउने गरी त्यस सम्बन्धि विगतका कामहरुको विवरणसहितको पुस्तिका तयार गर्न सचिवालयलाई निर्देशन दिइएको सभापति लक्ष्मण लाल कर्णले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘नेपालको संसदमा संसदीय सुनुवाईको अवधारणा प्रारम्भ भएदेखि हालसम्मको संसदीय सुनुवाई सम्बन्धि भएका व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई सम्बन्धि विवरण पुस्तिका तयार पार्न र समितिमा पेश गर्न सचिवलाई निर्देशन दिने निर्णय गरिएको छ ।’

सभापति कर्णले संसदीय सुनुवाई समितिको कामलाई प्रभावकारी बनाउन संघीय संसद ऐन नै परिमार्जन गरेर अघि बढनुपर्ने बताए । संसदीय सुनुवाई समितिको कामबारे विभिन्न ठाउँमा प्रश्न उठने गरेकाले पनि यसको प्रभावकारिताका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाई थियो

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्