तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता, स्थानीय तहको निर्वाचनबारे छलफल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आज सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज छलफल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । बुधबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले बताएको छ ।

मंगलबार प्रधानमन्त्रीसँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई परामर्श दिएका थिए । प्रधानमन्त्री देउवाले गठबन्धनमा छलफल गरेर सरकारले मिति तोक्ने बताएका थिए । त्यस्तै पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी पारित गर्ने तयारी गरेका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्