खल्तीले ल्यायो एक रूपैयाँमा फ्लाइट टिकट जित्ने मौका र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालको मुख्य अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट ले फेरी लिएर आएको छ उडान अब मात्र एक रुपैयाँमा जस अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली बिजेतालाई आइफोन १३ को बम्पर उपहार प्राप्त हुनेछ । यति मात्र हैन, हरेक दिन एक जनालाई एक रुपैयाँमा  मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुनेछ।

खल्ती फ्लाइट टिकट बुकिङको लागि सहज प्लेटफर्म भएको छ, जसमा  १२०० सम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न सकिन्छ ।  विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरि तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको छ। यो अफर २०२२ माघ २३ देखि फागुन ३० सम्म मान्य हुनेछ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने  ‘हालैको महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्न यो अभियान ल्याइएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्