‘माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ’ : अध्यक्ष दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन् । अध्यक्ष दाहालले भने ,“देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ ।”अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक फेरि फैलिएको उल्लेख गरे ।

मधेशमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको उनको भनाइ थियो । नेपाली कांग्रेस र नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई आज माओवादीमा प्रवेश गराउँदै उनले सो कुरा बताएका हुन् । नवप्रवेशीलाई अध्यक्ष दाहालले आज एक कार्यक्रमकाबीच अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका हुन्। उनीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने उनको भनाइ थियो ।

यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेमा रहनुभएका रौतहट जिल्ला मौलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् । त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील सदस्य जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्टलगायत माओवादीमा प्रवेश गरेका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्