हाइग्राउड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । नेपालकै पहिलो र लामो जिपलाइनको रुपमा रहेको पोखराको हाइग्राउण्ड एडभेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको टिकट निस्शुल्क प्राप्त गर्न सक्ने भएका छन् । जिपलाइन बुक गरेपछि केवलकारमा चढी सराङ्कोट पुगेर जिपलाइन गरि हेम्जा झर्न सकिन्छ । लेकसाइड पामे रोडमा रहेको सेदि बगरबाट सराङ्कोट पुग्ने केवलकारको दुरि २।१६ किलोमीटर पार गर्न नै मिनेट लाग्छ ।

केवलकारको टप स्टेसनबाट पाँच मिनेट हिंडे पछी सराङ्कोटको भ्यु टावर पुगिन्छ । समुन्द्री सतहबाट एक हजार छ सय मिटर उचाइमा रहेको सराङ्कोटबाट फराकिलो हिम शृङ्खला, फेवाताल, पोखरा सहरको मनमोहक दृश्य सँगै प्याराग्याइडिङको उडान नजिकैबाट नियाल्न पाइन्छ । जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ुजिप फ्लायरुको फ्रेन्चाइज रहेको हाइग्राउण्डले पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो ९द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट० जिपलाइनमा सुपरम्यम जिपलाइनको समेत सुरुवात गरेको छ ।

जिपलाइनको टप स्टेसन सरङ्कोटबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप भिरालो ६ सय मिटर रहेको छ । यति धेरै भिरालो भएको जिपलाइन बिश्वमै अरु नभएकोले अफिसियल वल्ड रेकर्डमा ुबिश्वकै भिरालो जिपलाइनुका रुपमा दर्ता गर्न आवेदन दिइएको र सो को लागि काम भैरहेको कम्पनीले बताएको छ । बिश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय चालीस किमि प्रती घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्