बृषेशचन्द्र लालद्दारा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय कार्यकारणी सदस्यद्वय बृषेशचन्द्र लालले पार्टी परित्याग गरेका छन् । मंगलबार जनकपुरमा पत्रकार सम्मेलनगरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । लाल राष्ट्रियसभाका पुर्वसदस्य हुनुहुन्छ भने डा. सिंह संविधानसभा सदस्य हन् । मधेश केन्द्रित दलहरुले मधेशको एजेन्डानै छाडेकाले मधेशी जनताको हितका लागि सो पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टीमा समावेश भएको दुवै नेताले बताए ।

नेता लालले नेतृत्व पंक्ति मधेस केन्द्रित नामबाटै तर्सिने काम गर्न थालेको र लोकतन्त्रवादी मधेसी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको आरोप लगाए । उनले आफ्नो भूमि, इतिहास, भाषा, संस्कृति र जीवनशैली बोकेको मधेस राष्ट्रलाई जात र सम्बन्धवादमा विभाजित गरि सिमित गर्न खोजिएको आरोप लगाए । नेता लालले मधेसी जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघियताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेस एजेण्डाप्रति प्रतिवद्ध राजनीतिक दलको आजको आवश्यकता भएकाले हामी आवद्ध रहेको आ–आफनो दलहरु आजैको मितिबाट परित्याग गरि तराई मधेस लोकतान्त्रिक पार्टीमा समावेश भएको जानकारी गराए ।

डा. सिंहले मधेसी जन विद्रोहबाट जन्मेका शक्तिहरु विस्तारै मधेश शब्दबाट बिमुख हुँदै गएको बताए । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर नेताहरू तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ब्युँताउने अन्तिम तयारीमा जुटेका छन् । आन्तरिक द्वन्द्वबाट जुधिरहेकै बेला लोसपाका शीर्ष नेताहरू तमलोपालाई सक्रिय बनाउने अभियानमा जुटेका छन् । जसपाभित्र विवाद चलिरहेकै बेला निर्वाचन आयोगमा तमलोपा दर्ता भएको थियो । धनुषाका रविशंकरलाल कर्णको नेतृत्वमा तमलोपा दर्ता भएको हो । कर्ण नेता लालनिकट मानिन्छन् । मधेस आन्दोलनको सुरूवातसँगै तमलोपाहुँदै लोसपासम्म आइपुग्दा पार्टीले आन्दोलनकारीहरूलाई अवमूल्यन गरेको असन्तुष्ट बनेका नेताहरूले आरोप लगाउँदै आइरहेका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्