कार्यव्यवस्था बैठक सकियो, एमसीसीमाथिको सैद्धान्तिक छलफल अघि बढाउने निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि बिहीबारको प्रतिनिधिसभा बैठकमा छलफल गर्न प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकले निर्णय गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिले एमसीसीमाथि संसदमा छलफल गर्ने टुंगो लगाएको हो ।

बैठकमा सहभागी माओवादी केन्द्रकी नेतृ रेखा शर्माले संसदमा एमसीसी सम्झौतामाथि छलफल हुने र आफूहरुले पनि भाग लिने बताइन् । बैठकमा देव गुरुङसहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले एमसीसीको विरोधी जनमत रहेको भन्दै संसदमा छलफल रोक्न माग गरेका थिए । तर सरकार र नेपाली कांग्रेसका प्रतिनिधिहरुले छलफल गर्नुपर्छ भनेका थिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्