एनसीसी बैंक र सुमेरु सिटी अस्पताल बीच सम्झौता

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पताल बीच ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गदै आएको र थप सुबिधा प्रधान गर्न उद्देश्यले द्विपक्षीय सम्झौता भएको हो ।

यस सम्झौता मार्पmत बैंकका ग्राहकहरुलेसुमेरु सिटी अस्पतालमा बैंकको डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पत भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स–रे, इसीजी, इन्डोस्कोपी-कोलोनोस्कोपी, युएसजी-ईईजी-सीटी स्क्यान-पीएफटी र अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० प्रतिशत छुट प्राप्त हुनेछ ।

यसैगरी एनसीसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैंसीपाटी बीच पनि द्विपक्षीय सम्झौता भएको छ । अप्टिकलले एनसीसी बैंकको डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पत भुक्तानी गर्दा अप्टिकल्स सामागी्रमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट प्राप्त हुने बैंकले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्