२९वर्षिय ब्लड क्यान्सरपीडितलाई स्कुलद्दारा आर्थिक सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

लमजुङ । लामो समयदेखि ब्लड क्यान्सरपीडित २९ वर्षीय विकास घिमिरेको उपचारका लागि न्यू इरा बोडिङ स्कुलले आर्थिक सहयोग गरेको छ । बेँसीशहर नगरपालिका–८ मा रहेको उक्त स्कुलले आफ्ना विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चालकबाट आर्थिक रकम सङ्कलन गरी रु ४३ हजार ५०० घिमिरेको उपचारका लागि आइतबार साँझ आर्थिक सहयोग गरेको हो ।

एक कार्यक्रमबीच उक्त रकम घिमिरेका बहिनी शर्मिला न्यौपानेलाई सो स्कूलका सञ्चालक किरण श्रेष्ठले हस्तान्तरण गरे । विद्यालयका सञ्चालक श्रेष्ठले भने , “हाम्रा विद्यार्थीबाट रु पाँच हजार र अन्य बाँकी रकम शिक्षक, शिक्षिका, कर्मचारी र सञ्चालकबाट आर्थिक सङ्कलन गरेर घिमिरेको उपचारमा केही सहयोग पुग्ने अपेक्षाले सहयोग गरेका छौँ ।” पीडितकी बहिनी न्यौपानेले सहयोग गरेर दाईको उपचारमा सहयोग पुयाएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए । करिब ११ महिनाअघि बोनम्यारो प्रत्यारोपण गरिएकामा अहिले पुनःस्वास्थ्यमा समस्या आएकाले हाल सोही अस्पतालमा उपचार भइरहेको उनकी बहिनीले बताइन ।

हालसम्म रु ९६ लाख खर्च भइसकेको र अझै सोही हाराहारीमा रकम आवश्यकपर्ने अस्पतालले जानकारी दिएकाले आर्थिक अभाव भइरहेको परिवारको भनाइ छ । परिवार, आफन्त, विभिन्न व्यक्तिले गरेको सहयोगबाट उपचार गरे पनि फेरि उस्तै समस्या भएकाले सहयोग गरिदिनका लागि परिवारले अपिल गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्