‘विज्ञापनसम्बन्धी आचारसंहिता सञ्चारमाध्यमहरुलाई नियन्त्रण गर्ने नभइ नियमनको लागि बनाइएको हो’ : अध्यक्ष हुमागाँइ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापनसम्बन्धी आचारसंहिता सञ्चारमाध्यमहरुलाई नियन्त्रण गर्ने नभइ नियमनको लागि बनाइएको बताएका छन् । बिहीवार विभिन्न सञ्चारमाध्यमसँगको छलफलपछि अध्यक्ष हुमागाँईले यस्तो बताएका हुन् ।

उनले विज्ञापनसम्बन्धी आचारसंहिताले विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरुलाई अन्त्य गर्न सहयोग गर्ने बताए । अध्यक्ष हुमागाँईले आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाउने बताए । उनले आजको छलफलमा विज्ञापन दाताहरुलाई छनोटको सुविधा उपलब्ध हुनुपर्ने र उपभोक्ताहरुलाई प्रतिकुल हुने गरी विज्ञापन गर्न नहुने विषयको बारेमा छलफल गरिएको बताए । अध्यक्ष हुमागाँईले केही सञ्चारमाध्यमहरुलेआफू स्वनियममा बस्छु भनेपनि आफूखुशी विज्ञापनका दररेटहरु कायम गर्ने गरेको बताए ।

उनले समस्या विज्ञापन एजेन्सीमा मात्र नभएको भन्दै सञ्चारमाध्यम र विज्ञापन दातामा पनि समस्या भएकोले यसलाई नियमन गर्न कुनै एक पक्षको मात्रै सहभागिताले सफल नहुने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्