माईक्रोफाइनान्स एसोसिएसनको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । लघुवित्तका लगानीकर्ताहरुको साझा संस्था माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) को दोस्रो बार्षिक साधारण सम्पन्न भएको छ । पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख अथितिमा सम्पन्न सभाको सभापति एमफानका अध्यक्ष जगत बहादुर पोखरेलले गरेको थिए ।

सभामा बोल्दै प्रमुख अतिथि पौडेलले लघुवित्त क्षेत्रको समस्या समाधानका लागि सरकार र नेपाल राष्ट्र बैकले एसोसिएसन सगँ सहकार्य गर्नुपर्ने बताएका छन् । लघुवित्तको माध्यमवाट कसरी देशलाई समुन्नत बनाउने, कसरी रोजगारी सृजना गर्ने र लघुवित्तका सेवाग्राहीहरुले चर्को व्याजदरको बोझ भोग्न नपर्ने कसरी बनाउन सकिन्छ, यस बिषयमा सरकारले एसोसिएसन सगँ सहकार्य गरि अगाडी बढ्नुपर्ने बताएका हुन् । पौडेलले लघुवित्त प्रति जनताको आकर्षण बढ्दै जाओस् भन्दै शुभकामना पनि व्यत्त गरेका थिए । वार्षिक साधारण सभामा नेपाल राष्ट्र बैकका निर्देशक डा.शालिकराम पोख्रेल, नेपाल राष्ट्र बैकका पुर्व कार्यकारी निर्देशक तथा नेशनल लघुवित्तका अध्यक्ष केशव प्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य व्यत्त गरेका थिए ।

सभामा लघुवित्त बिषयमा बिद्यावारिधी गरि विज्ञता हासिल गरेका पाँच जनालाई विषेश सम्मान गरिएको थियो । एसोसिएसनको उपाध्यक्ष भगवती चौधरीले सभामा उपस्थित सवैजनालाई स्वागत मन्तव्य व्यत्त गर्दै लघुवित्तले तिर्दै आएको ३० प्रतिशत कर मध्ये २० प्रतिशत सरकारलाई र बाँकी १० प्रतिशतवाट लघुवित्त कोष स्थापना गरि उत्त कोषवाटनै लघुवित्तलाई ऋण प्रवाह गरेमा लघुवित्त संचालनमा सहज हुने बताएकी छिन् । २ चरणमा सम्पन्न साधारण सभामा पहिलो चरणको कार्यक्रम संचालन एसोसिएसनका महासचिव बाबुराम बिश्वकर्माले गरेका थिए भने दोस्रो चरणको बन्द सत्रको संचालन एसोसिएसनका सचिव अनन्त कुमार श्रेष्ठले गरेका थिए ।

बन्दसत्रमा अध्यक्षता ग्रहण गर्दे एसोसिएसनका अध्यक्ष जगत बहादुर पोखरेलले आर्थिक बर्ष २०७७-०७८ को बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै लघुवित्त क्षेत्रको समस्या समाधानका लागि नेपाल सरकार,नेपाल राष्ट्र बैंक सगँ निरन्तर कुरा उठाईरहेको बताएका छन् । अध्यक्षले सभामा प्रस्तुत प्रगति प्रतिवेदन सहित प्रस्तावित कार्यक्रमहरु सर्वसहमतीमा पारित भएको थियो भने बन्दसत्रमै एसोसिएसनका कोषाध्यक्ष नरेश केसीले प्रस्तुत गरेको बार्षिक आर्थिक प्रतिवेदन पनि सर्वसहमतीमा पास भएको थियो । सभामा एसोसिएसनका संचालक सदस्य बाबुराम थापा, संचालक सदस्य बिमला उपाध्याय, संचालक सदस्य किरण चौधरी सहित ५० लघुवित्तका ६० जना अध्यक्ष तथा संचालकहरुको सहभागिता रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्