यशोदा फुड्सको नयाँ उत्पादन चिज बल्स र फरक दुई स्वादको चाउचाउ सार्वजनिक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मिठो पिरो चाउचाउका रुपमा नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स पस्कने भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यशोदा फुड्सले सो कुराको जानकारी दिएको हो ।

कार्यक्रम मार्फत उद्योगले सुपर प्रिमीयम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स फेमिली प्याक र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो । सुपर प्रिमीयम चाउचाउ अन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिलि प्याकमा उपलब्ध छ भने यसको प्रति पिसको मुल्य १२० र तौल १२० ग्राम रहेको समेत उद्योगले जनाएको छ ।

साथै फेमीली प्याकमा २० पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जा समेत सोहि कार्यक्रमका विच सार्बजनीक भएको छ । सोही कार्यक्रमकै माध्यमबाट चिज बल्स पारखीका लागि चिज बल्स अन्तर्गत चिजको स्वादमा रु। ५० पर्ने चिज बल्स समेत सार्वजनिक गरेको छ । विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गरी स्वदेशी उत्पादनलाई बढावा दिँदै करेन्ट अहिले नेपालकै नं १ ब्राण्ड बनिसकेको छ । उपभोक्ताको पहिलो रोजाईमा यशोदा फुड्सका उत्पादन रहेको र सोही अनुसार नविनतम स्वादका ब्रान्डहरु पस्कीने अवशर प्रदान गरेकोमा समस्त उपभोक्तालाई धन्यबाद ज्ञापन गरीएको थियो ।

नेपालमा मात्र नभइ भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, वेलायत, अष्ट्रेलिया लगायत देशमा समेत आफ्ना उत्पादन निर्यात गरी देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याइरहेको उद्योगबाट जारी विज्ञप्तीमा जनाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्