‘एक दुई दिन संकट परेको हो, तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ हुँदैन’ : निर्देशक घिसिङ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने बताएका छन् । बिहिबार नेपाल विद्युत प्राधिरकणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या भएकाले मंगलबार देखि विद्युत कटौती गरिएको तर लोडसेडिङ नै हुन अवस्था नभएको बताएका हुन् ।

उनले पछिल्लो समय भारतमा बिजुलीको मूल्य अत्याधिक मात्रामा आकासिएकोले मंगलबारदेखि प्राधिकरणले विद्युत आयात नगरेकाले उद्योगमा विद्युत कटौती गर्नु परेको बताए । घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या आएकाले विद्युत कटौती गरिएको तर लोडसेडिङ नै हुने अवस्था नभएको स्पष्ट पारे । उनले प्राधिकरणले आज बेलुका १२ बजेदेखि महँगो मूल्यमा आयात गरेर औद्योगिक क्षेत्रमा बिजुली दिने तयारी गरेको बताए । प्राधिकरणले प्रति युनिट नेपाली ३८ रुपैयाँ महँगो दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्न लागेको घिसिङको भनाई छ । घिसिङले विश्वभर नै विद्युत अभावको समस्या बढेकाले नेपालमा समेत त्यसको असर परेको हुँदा छोटो समय मात्रै नेपालमा प्रभाव देखिने बताए ।

भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा ४०० मेगावाटसम्म बिजुली आयात गरेर उद्योगहरुमा विद्युत दिने तयारीमा प्राधिकरणले गरेको घिसिङले बताए । त्यस्तै, निर्देशक घिसिङले रुस र युक्रेन बीचको तनावको कारण विश्वभर विद्युत आयातमा समस्या बढ्दै गएको बताए । उनले नेपालमा ८ महिना विद्युत आयात गर्नु नपर्ने अवस्था रहेको बताए । तर, ४ देखि ५ महिनाको लागि करिव ४०० मेगावट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको बताए । अहिलेको यो अवधि विद्युत उत्पादन कम हुने र माग बढ्ने भएकाले पनि विद्युत व्यवस्थापनमा समस्या देखिएको घिसिङले बताए । भारतमा विद्युत अभावको समस्याको कारण प्राधिकरणले गरेको सम्झौता अनुसार विद्युत आयात नसकेकोले समस्या भएको घिसिङले बताए । त्यस्तै, घिसिङले प्राधिकरणले नेपालमा खपत हुनेमध्ये ३० प्रतिशत विद्युत आयात गरिहेको बताए ।

कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्षको माघ महिनासम्म ४ अर्ब रुपैयाँको विद्युत आयात गरेको बताए । प्राधिकरणले यो वर्ष ८ अर्ब रुपैयाँ बराबरको विद्युत आयात गर्ने आँकलन गरे पनि महँगो हुँदै गएकाले करिव १० अर्बको विद्युत आयात हुने घिसिङले बताए । उनँले छोटो समयको लागि भए पनि महँगोमा विद्युत किनेर उद्योग सञ्चालन गर्ने र लोडसेडिङ हुन नदिने बताए । घिसिङले अहिले केही समस्या आएपनि लोडसेडिङ नहुने भन्दै उद्योगीहरुले ढुक्क भएर विद्युत खपत गर्न आग्रह गरे कार्यकारी निर्देशक घिसिङले महँगोमा विद्युत आयात गरे पनि उद्योगहरुलाई विद्युतको मूल्य नबढाउने बताए । उनले विद्युत प्राधिकरण उद्योगप्रति उत्तरदायी भएर प्राधिकरण घाटामा गए पनि महँगोमा विद्युत किनेर उद्योलाई दिन लागिएको दाबी गरे ।

भारतबाट ल्याउने बिजुलीको मूल्य प्रतियुनिट ३८ रुपैयाँ पर्ने भएको छ । पछिल्लो समय प्राधिकरणले औसत ११।३३ पैसा भारु ९१८ रुपैयाँ० मा बिजुली किन्दै आएको थियो । भोलिपल्टको बिजुली किन्न प्राधिकरणले एक दिनअघि बिड गर्नुपर्छ । बिहीबार बिड गरेको दरमा शुक्रबार मात्र बिजुली पाइन्छ । प्राधिकरणले दैनिक प्रतिस्पर्धामा भारतबाट बिजुली किनिरहेको छ । बिजुली खरिद बिक्रीका लागि भारतको विनिमय बजारमा ९६ वटा ब्लक छन् । विद्युत प्राधिकरणले ती ब्लकमा बिजुली किन्न प्रतिस्पर्धा गर्नुपर्छ । भारतमा बिजुलीको भाउ न्यूनतम सीमा २० रुपैयाँ भारु तोकिएको छ । नेपालमा साँझको समयमा बिजुलीको माग १६०० मेगावाट पुग्ने गरेको प्राधिकरणले बताएको छ ।

भारतमा बिजुली महँगो हुने भएपछि माथिल्लो तामाकोसी, कालीगण्डकी, मध्यमर्स्याङ्दी र मर्स्याङ्दी आयोजनाको पानी जम्मा गरी साँझ पूर्णक्षमतामा चलाउँदै आएको प्राधिकरणले बताएको छ । यी आयोजनाबाट दिउँसो कम बिजली उत्पादन हुने गरेको छ । अहिले प्राधिकरणका आफ्ना आयोजनाबाट ५२२, सहायक कम्पनीका आयोजनाबाट ३११, निजी उत्पादनकबाट ३१० मेगावाट आपूर्ति भइरहेको बताएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्