पुष्पकमल दाहालद्वारा चितवनमा चेपाङ नमूना बस्तीको उद्घाटन

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । चितवनको माडीस्थित कुसुमखोलाबाट विस्थापित चेपाङहरुका लागि बनाइएको कुसुमखोला नमूना चेपाङ बस्तीको उद्घाटन गरिएको छ । त्यस क्षेत्रका सांसद समेत रहेका नेकपा (माओवादी केन्द्र्र्र्र्र्र्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार सोही ठाउँमा पुगेर बस्तीको उद्घाटन गरेका हुन् । उद्घाटनका लागि पुगेका अध्यक्ष दाहालसहितका जनप्रतिनिधिहरुलाई स्थानीयले भव्य रुपमा स्वागत गरेका थिए ।

कुसुमखोला, भालुखोला र अन्य भित्री चेपाङ बस्तीहरुबाट विस्थापित र स्थानान्तरित भई आएका चेपाङहरुको निम्ति सो स्थानमा निर्वाचन क्षेत्र विकास कोषबाट नमूना चेपाङ बस्ती कार्यक्रम अनुसार ४१ घर परिवारको आवास निर्माणको काम पूरा भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सो चेपाङ बस्तीलाई सहकारीको माध्यामबाट आत्मनिर्भर बनाउन लागिपर्ने प्रतिवद्धता जनाए ।

उनले सो बस्ती उद्घाटन गर्ने अवसर आफूलाई प्राप्त भएकोमा खुशी व्यक्त गर्दै त्यस वरपरका ठाडो खोलाहरुको तटबन्ध निर्माणका लागि पनि आफूले सकेको सहयोग गर्ने आश्वासन दिए । अध्यक्ष दाहालले चितवनका सबै क्षेत्रको विकासका लागि आफूले पहल गरिरहेको कुरा स्थानीयलाई राम्ररी थाहा भएको पनि बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्