नर्भिकले निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प चलाउने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा १० जना विशेषज्ञहरुलाई सहभागी गराई वृहत क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको छ । नर्भिक अस्पतालले आगामी बैशाख १ गते आफ्नो २९ औं वार्षिकोत्सव मनाउँदैछ । सोही अवसरमा अस्पतालले आगामी शनिवार १६ अप्रीलका दिन निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको हो ।

क्यान्सरसँग सम्बन्धित १० जना विशेषज्ञ डाक्टरहरुलाई एकैपटक फ्री क्याम्पमा उतारिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । क्याम्पमा क्यान्सरसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरु डा। एलिजा श्रेष्ठ, डा।बानिरा कार्की, डा। दीप लामिछाने, डा। सुदीप शाक्य, डा। सुचित्रा तुलाधार, डा। आरोग्य कँडेल, डा। रमिला डंगोल, डा।श्वेता बराल र डा। विवेक खनालको सहभागिता रहने छ ।

क्यान्सर विशेषज्ञहरुको यो टिमले शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म निःशुल्क सेवा दिनेछ । नर्भिकले विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा दिंदै आएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत हरेक हप्ताको शनिवार विशेषज्ञहरुलाई निःशुल्क ओपिडी सेवामा परिचालन गर्ने गरिएकोमा आउने साता भने क्यान्सरको वृहत क्याम्प नै संचालन हुन लागेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्