छानो उडाउँदा विद्यार्थीको बिचल्ली, एक सातादेखि विद्यालयको पठनपाठन ठप्प

Ad
  • कालोपाटी सम्बाददाता

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट मा.वि. को छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएका छन् । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ । गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदैआएका थिए । अहिले विद्यार्थी घाममा बसेर परीक्षा दिन बाध्य छन् ।

“परीक्षासमेत प्रभावित भएको छ । नियमित कक्षा सञ्चालन गर्न समस्या छ”, उनले भने । कक्षा ४, ५ र ६ का विद्यार्थी छाप्रोमा पढ्नुपर्ने अवस्था थिए । वि.सं २०२८ मा स्थापना भएको उक्त विद्यालयको भवन जीर्ण छ । पुरानो भवन भत्काएर नयाँ निर्माण गरिँदै छ । विद्यालय भवन निर्माण पूरा नहुँदा पठनपाठनमा बाधा पुगेको प्रधानाध्यापक राणा बताउछन् । गत कार्तिकमा भवन भत्काएर नयाँ निर्माण थालिएको हो ।

‘छाया नेपाल’ले सँगसँगै निर्माण थालेको तुलसीपुर–७ कालाखोलास्थित भवनको काम अन्तिम चरणमा पुगेको छ तर, अम्बासको भवन निर्माणको काम भने सुस्त गतिमा छ । विद्यालयका प्र.अ. राणाका अनुसार असार मसान्तसम्म सक्ने गरी सम्झौता भए पनि विद्यार्थीको पठनपाठनलाई मध्यनजर गरी छिट्टै पूरा गर्ने गरी अगाडि बढ्ने आश्वासन दिएका थिए । रु एक करोड ४३ लाखको लागतमा आठ कोठाको भवन निर्माण गरिँदै छ । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा हाल २४५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा १४ शिक्षक कर्मचारी कार्यरत छन् । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्