वरिष्ठ नेता पौडेलद्वारा मतदान

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान  गरेका छन् ।

मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले  सङ्घीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताए  । उहाँले भन्नुभयो“सङ्घीयता विकासका लागि फलदायी भएको छ । स्थानीय तहले विकासको खाका कोरेको छ, सङ्घीयता सफल हुँदैछ र सङ्घीयताबाट देशको विकास र उन्नति सम्भव छ । ” वरिष्ठ नेता पौडेलले नेपालको चौतर्फी विकासका लागि स्थानीय तहले सहयोग पुग्ने धारणा राखे  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्